समाज

सिरहामा एक भूमाफियाले राजमार्ग नै आफ्नै नाममा पारेछन् 

सिरहामा एक भूमाफियाले राजमार्ग नै आफ्नै नाममा पारेछन् 

काठमाडौं । गोलबजार नगरपालिका –९ (साविक चन्द्रउदयपुर गाविस–८) स्थित दुई विघा नौ कट्ठा ३ धुर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । व्यक्तिको नाममा दर्ता गरिएको सो जग्गा पूर्व–पश्चिम राजमार्गसमेत परेको छ । 

 

२०५८ सालमा स्थापित सुकुम्बासी समस्या समाधान आयोगको सिरहा समितिमार्फत गोलबजार नगरपालिका–५ का फौजबहादुर भट्ट क्षेत्रकीको नाममा उक्त क्षेत्रफलको जग्गा दर्ता भएको हो । 

 

सार्वजनिक वनको कित्ता नम्बर १२२ को दूई विघा नौ कट्ठा ३ धुर जग्गा बुट्यानअन्तर्गत सर्भे भएको थियो । 
पूर्व – पश्चिम  राजमार्ग निर्माण हुँदा उक्त जग्गा मध्ये एक कट्ठा ८ धुर राजमार्गमा परेको थियो । 

नागरिक दै्रनिकबाट 
 

विशेष