कभर स्टोरी खेल

व्हील चियर टी–ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो हार, शुक्रवार पाकिस्तानसंग भिड्ने 

व्हील चियर टी–ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो हार, शुक्रवार पाकिस्तानसंग भिड्ने 

 एसिया कप व्हील चियर टी–ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसंग  एसिया कप व्हील चियरले पराजित भएको छ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।

यस्तै कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग  एसिया कप व्हील चियरले पराजित भएको थियो ।
अब नेपालले शुक्रबार पाकिस्तानसंग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो ।

एसिया कप  एसिया कप व्हील चियर

विशेष