स्वास्थ्य

५१ प्रतिशत किशोरीले गर्छन् १८ वर्ष अघि नै यौन सम्पर्क

५१ प्रतिशत किशोरीले गर्छन् १८ वर्ष अघि नै यौन सम्पर्क

काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ अनुसार नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै यौन सम्पर्क गरिसकेका हुन्छन्। ५१ प्रतिशत महिलाले १८ वर्षअघि नै यौन सम्बन्धको अनुभव गरिसक्छन्। नेपालको कानुनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष त हो तर नेपालमा विवाहको औसत उमेर १८ वर्ष देखिन्छ।

 

स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको रिपोर्टअनुसार नेपालमा सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाबाट हरेक वर्ष एक लाख हाराहारीले गर्भपतन गराउँछन्। त्यसमध्ये विवाह नै नगरी गर्भपतन गर्ने किशोरीको संख्या १५ हजार हाराहारी छ। पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु जोखिमपूर्ण कार्य हो।

 

यसले बाँझोपन बढाउँछ। अझ किशोर उमेरमै गर्भपतन गराउँदा त बाँझोपनको जोखिमसमेत वढी हुने चिकित्सकहरु वताउँछन्। यो बैध तथ्यांक मात्र हो। अवैध रुपमा गर्भपतन गराउनेको संख्यो यो भन्दा धेरै छ। यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

यौन सम्पर्क किशोरी

विशेष