खेल

तोडिएलान् त विश्वकपमा सचिनले बनाए यी ४ रेकर्ड

तोडिएलान् त विश्वकपमा सचिनले बनाए यी ४ रेकर्ड

काठमाडौं । एकदिवसीय विश्वकपको १२ औं संस्करण शुरु हुन अब धेरै दिन बाँकी छैन । मे ३० देखि इंग्ल्याण्डमा शुरु हुने विश्वकपको मिति नजिकिएसँगै यसको रौनक पनि बढ्दै गएको छ । यो संस्करणमा १० देशको सहभागिता छ । सबै टिमको एक मात्र लक्ष्य विश्वकप नै जित्नु हो । साथै, खेलाडीको अर्को लक्ष्य नयाँ कीर्तिमान बनाउनु पनि हो ।

 

यसैबीच, क्रिकेटका स्टार सचिन तेन्दुलकरको रेकर्ड तोड्न पनि कयौं क्रिकेटर प्रयासरत छन् । सचिनको कीर्तिमानको कुरा गर्ने हो भने उनको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । सचिनले अहिलेसम्म पाँच पटक विश्वकप खेलेका छन् । उनले १९९२, १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलेका थिए । यसक्रममा सचिनले केही कीर्तिमान पनि बनाएका छन् । के–के हुन् सचिनले बनाएका रेकर्ड?

 

सर्बाधिक रनः सचिनले विश्वकपमा ५६.९५ को औसतमा जम्मा २२७८ रन बनाएका छन् । यो रनको नजिक अहिलेसम्म कोही पनि छैन । यसक्रममा सचिनको सर्वाधिक रन १५२ थियो । उनले २००३ को विश्वकपमा नामिबीयाविरुद्ध १५२ रन प्रहार गरेका थिए ।

 

सर्बाधिक शतकः सचिनले पाँच विश्वकपमा जम्मा ६ शतक प्रहार गरेका छन् । उनले पहिलो शतक १९९६ को विश्वकपमा केन्याविरुद्ध प्रहार गरेका थिए ।

 

सबैभन्दा धेरै अर्धशतकः अर्धशतक प्रहार गर्ने क्रममा पनि सचिन सबैभन्दा अगाडि छन् । उनले विश्वकपमा १५ अर्धशतक लगाएका छन् । सचिनले २००३ मा मात्रै ६ अर्धशतक प्रहार गरेका थिए ।


एकै विश्वकपमा सर्बाधिक रनः सचिनले २००३ मा खेलका ११ म्याचमा ६७३ रन बनाएका थिए । जो एकै विश्वकपमा ब्याट्सम्यानले बनाएको याे सर्बाधिक रन हो ।

सचिन तेन्दुलकर एकदिवसीय विश्वकप

विशेष