मनोरञ्जन

बलिउड सेलिब्रेटीको बाबामोह

बलिउड सेलिब्रेटीको बाबामोह

योगी र भोगीबीच के सम्बन्ध रहन्छ ? राजनीतिज्ञ मात्रै हैन, बलिउडका अधिकांश कलाकार योगीसंगको सामीप्यमा देखिन्छन् । चुनावमा होमिएका सेलिबे्रटी त आफ्नो धर्मगुरुको आर्शिर्वाद लिएपछि मात्र चुनावी मैदानमा होमिन्छन् । नेपालसंग निकट सम्बन्ध रहेका योगी पाइलट बाबा पनि यस्तै पहुँच भएका योगीभित्र पर्छन् । योग गुरु रामदेवको पनि भारतको केन्द्रीय राजनीतिमा दख्खल छ ।

हिन्दुवादी भारतीय जनता पार्टी सत्तामा भएका बेला गेरुबस्त्रधारीको प्रभावकारी र निर्णायक उपस्थिति रहने गरेको छ । स्वामी रामदेव त कर्पोरेट व्यक्तित्व पनि हुन् । भारतीय सञ्चारमाध्यममा विज्ञापन बजारमा उनको निर्णायक उपस्थिति छ ।

 विभिन्न हाउभाउ, पहिरन र नखराका कारण चर्चामा आइरहने बलिउड सेलिब्रेटी राखी सावन्तले ट्वीटमार्फत पाइलट बाबासंगको फोटो सार्वजनिक गरेकी छन् । वानपीस लुगा लगाएकी राखीको हाउभाउ उनको परिचय झल्काउने किसिमकै छ ।  


बलिउड कलाकार मनिषा कोइराला र शिल्पा सेट्ठीले पनि योगगुरु रामदेवसंग खिचेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । शिल्पाले त रामदेवसंग योगको प्रशिक्षण नै लिएकी छन् । 
 

सेलिब्रेटी

विशेष