जनताको पहुँचमा स्वास्थ्य सेवा लैजाऊ -उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सचेत रहन सरकारलाई सुझाव दिनुभएको छ । ग्रामीण क्षेत्रका जनता उपचारबाट टाढा रहेको इंगित गर्दै उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुने बताउनुभयो ।
नेपाल नन्दबहादुर पुन संघको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले कुष्ठरोग निवारणको औपचारिक घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनस्र्थापनाको पहुँचमा ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले संघद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गर्नुभयो । संघले १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुर्नस्थापना गराएको छ ।