संघीय समाचार प्रदेश ४

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ १५ देखि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ १५ देखि

पोखरा। प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

 

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६/७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख छुट्याइएको छ ।

 

सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित रु एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए ।

विशेष