समाज

आफ्नै भन्नेले एसिड छ्यापेपछि ...

आफ्नै भन्नेले एसिड छ्यापेपछि ...

काठमाडौं : कीर्तिपुरस्थित फेक्ट अस्पतालका आईसीयू। विभिन्न कारणले जलेर घाइते भएकाहरू उपचाररत छन्। कोहीको करेन्ट लागेर हात जलेको छ त कोहीको आगोले पोलेर अनुहार सखाप भएको छ। कोही ग्यासले डढेका छन्। बुधबार राति १० बजेतिर हतारहतार एउटी युवतीलाई अस्पतालमा ल्याइयो। उनी थिइन् दोलखाकी जेनी खड्का। २० वर्षीया खड्कामाथि केही घन्टाअघि एसिड छ्यापिएको थियो।

ढोकाछेउको बेडमा उनी मुढोजसरी पल्टिरहेकी छन्। चिउँडोदेखि घाँटीसम्म डढेको छ। टाउकोको पछाडि पनि जलेको छ। हातको केही भागमा घाउ छ। छाती र हातमा पट्टी बाँधिएको छ। उनलाई यस्तो अवस्थामा पुर्‍याउने अन्य कोही नभएर जीवनभर दुःखसुखमा साथ दिने बाचा गरेका पति विष्णु भुजेल हुन्।

कालोपुलमा आमा र बहिनीसँग बसेर एक सहकारीमा काम गर्दे आएकी थिइन् जेनी। आमाले घरेलु श्रम गरेर परिवार चलाउँदै आएकी छन्। दुई वर्षअघि उनको बुवाको मृत्यु भएको थियो।

६ वर्षअघि काभ्रेका विष्णु भुजेलसँग भागेर विवाह गरेकी जेनीले बिहेपछि भने सोचेजस्तो खुसी पाइनन्। विष्णुले जेनीलाई झुक्याएर विवाह गरेका थिए। छोरा जन्मिएपछि उनी विष्णुको घरमा गइन्। त्यहाँ उनले विष्णुको अर्की पत्नी भएको थाहा पाइन्। त्यसपछि उनीहरूबीच असमझदारी बढ्न थालेको हो। यो खबर आजको अन्नपूर्णबाट लिइएको हो ।

एसिड आक्रमण

विशेष