इतिहासमा आज

आज मदन-आश्रित स्मृति दिवस

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ। नेकपाका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको रहस्यमय जिप दुर्घटनामा परि मृत्यु भएको सम्झनामा तत्कालीन एमालेले मदन आश्रित दिवस मनाउने गर्थ्यो। गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको छ।

उनीहरूको रहस्यमय मृत्यु भएको २६ वर्ष पूरा भएको छ। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको थियो। उनीहरू सवार जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन्।

मदन आश्रित स्मृति दिवस

विशेष