खेल

सीपीएलको ‘ड्राफ्ट’ मा पहिलो पटक भारतीय क्रिकेटर

सीपीएलको ‘ड्राफ्ट’ मा पहिलो पटक भारतीय क्रिकेटर

काठमाडौं । भारतका तीव्र गतिका बलर इरफान पठान वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा समावेश भएका छन् । उनी सीपीएलको ड्राफ्टमा पर्ने पहिलो भारतीय क्रिकेटरसमेत बनेका छन् । खेलाडी लिलामीका लागि २० देशका ५३६ खेलडीको नाम ड्राफ्टमा समावेश भएको छ ।

 

सीपीएलमा बारबाडोस ट्राइडेट्स, गुयाना अमेजन वारियर्स, जमैका तलावास, सेन्ट किट्स नभिस, सेन्ट लुसिया स्टार्स र ट्रिनबागो नाइटराइडर्स टिम रहेका छन् । २२ मेमा हुने अक्सनका लागि ड्राफ्टमा समावेश भएका खेलाडीको नाम सबै टिमलाई पठाइसकिएको बताइएको छ ।

 

सीपीएलको ड्राफ्टमा नेपालीका ४ खेलाडीको पनि नाम समावेश भएको छ । नेपालका सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र ऐरी र रोहित पौडेलको नाम सीपीएलको ड्राफ्टमा समावेश भएको हो । सन्दीपले भने गत सिजनमै सीपीएल खेलिसकेका छन् । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट लिगमा माैका पाएका थिए ।  

 

२ वर्षयता आइपीएल बाहिर पठान
दुई वर्षयता पठान भारतमा हरेक वर्ष हुने इन्डियन प्रिमियर लिग (आइपीएल) मा मौका पाउन असफल भएका छन् । उनले अन्तिम पटक २०१७ मा गुजरात लायन्सबाट खेलेका थिए । त्यो संस्करणमा उनलाई एक खेलमा मात्र मौका दिइएको थियो । पठानले २०१६ मा पुणेबाट मात्र ४ खेलमा स्थान पाएका थिए ।  

क्यारेबियन प्रिमियर लिग इरफान पठान सीपीएल

विशेष