खेल

जसनको शतकमा इंग्ल्याण्ड विजयी, चौथो खेलमा पनि पाकिस्तान पराजित

जसनको शतकमा इंग्ल्याण्ड विजयी, चौथो खेलमा पनि पाकिस्तान पराजित

काठमाडौं । पाकिस्तान विरुद्धको एकदिवसीय क्रिकेट सिरिज एक खेल अगावै इंग्ल्याण्डले जितेको छ । शुक्रबार राति भएको खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले एक खेल अगावै सिरिज जितेको हो । सिरिजको अन्तिम खेल आइतबार हुँदैछ । 

 

चौथो खेलमा पाकिस्तानले दिएको ३४१ रनको लक्ष्य इंग्ल्याण्डले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर जसन रोयले शतक प्रहार गरे । उनले ४ छक्का र ११ चौकाको मद्दतमा ८९ बलमा ११४ रन बनाए । यस्तै, जेम्स भिन्सले ४३, जो रुटले ३६, टम करनले ३१, जो डेन्लीले १७ रनको योगदान दिए । इंग्ल्याण्डको जीतमा बेन स्टोक्सले अविजित ३ छक्का र ४ चौकाको सहयोगमा ६४ बलमा ७१ रनको उत्कृष्ट प्रदर्शन गर्दा बलर आदिल रशिद १२ रनमा नट आउट रहे ।

 

बलिङमा पाकिस्तानका इमाद वासिम, मोहम्मद हैसिनले २–२, सोयव मलिक, जुनैद खान र हसन अलिले १–१ विकेट हात पारे । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४० रन बनायो । उसका लागि बाबर आजमले शतक प्रहार गरे । उनले १३ चौका र १ छक्काको मद्दतमा ११५ रन बनाए ।

 

यस्तै, मोहम्मद हफिजले ५९, फखर जमानले ५७, सोयव मलिकले ४१, आशिफ अलिले १७, इमाद वासिमले १२, कप्तान सरफराज अहमदले नट आउट २१ र इमामउल हकले ६ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका टम करनले ४, मार्क उडले २ र जोफ्रा आर्चरले एक विकेट लिए । पाँच खेलको सिरिजमा इंग्ल्याण्डले ३–० को अग्रता बनाएको छ । 

एकदिवसीय क्रिकेट सिरिज पाकिस्तान भर्सेस इंग्ल्याण्ड

विशेष