खेल

वेस्ट इन्डिजलाई पराजित गर्दै बंगलादेशले जित्योे सिरिज

वेस्ट इन्डिजलाई पराजित गर्दै बंगलादेशले जित्योे सिरिज

काठमाडौं । आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शुक्रबार राति भएको फाईनल खेलमा ‘डक वर्थ लुईस’ नियमको आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज जितेको हो । वर्षाका कारण प्रभावित भएको खेल २४ ओभरमा झारिएको थियो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २०.१ ओभरमा बिनाविकेट १३१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । ढिला गरि पानी रोकिएपछि खेल २४ ओभरमा झारियो । वेस्ट इन्डिजले निर्धारित २४ ओभरमा १ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । डक वर्थ लेविसका आधारमा बंगलादेशले जीतका लागि २१० रनको लक्ष्य पायो ।

 

बंगलादेशले २१० रनको लक्ष्य २२.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि सौम्य सरकारले ६६, मुस्फिकुर रहिमले ३६, तमिम इग्बालले १८, मोमम्मद मिथुनले १७ रन बनाए । यस्तै, मोसद्देक हसनले ५ छक्का र २ चौकाको मद्दतमा २४ बलमा नट आउट ५२ र महमुदुल्लाहले १९ रन प्रहार गरे ।  

 

बलिङमा वेस्ट इन्डिजका शैनन गेब्रियल, रेमोन रिफरले समान २–२ र फाबियन एलेनले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इीन्डजले २४ ओभरमा १ विकेट गुमाउँदै १५२ रन बनायो । उसका लागि शाई होपले ७४, सुनिल एम्ब्रिसले नटआउट ६९ र डारेन ब्रावोले ३ रन बनाए । बलिङमा बंगलादेशका मेहदी हसन मिराजले १ विकेट लिए ।

वेस्ट इन्डिज भर्सेस बंगलादेश त्रिकोणात्मक क्रिकेट सिरिज

विशेष