मासु किन कम खाने?

–मासुमा अम्लीय तत्व तथा प्रोटिन धेरै हुने भएकाले यो कम खानु उपयुक्त हुन्छ । अम्लीय तत्वभन्दा क्षारीय तत्व नै शरीरलाई बढी आवश्यक हुन्छ । त्यसैले, सामान्यतयाः हप्तामा एकपटकसम्म मासु खान सकिन्छ ।
–मासु पनि उसिनेर खाँदा राम्रो । तारेर, भुटेर, फ्राइ गरेर सकेसम्म नखाएकै बेस ।
–माछाले भने शरीरलाई फाइदा गर्छ । तर, तेलमा तारेको र फ्राइ गरेको माछा नखाएकै राम्रो । माछा खाँदा झोल हालेर खानु उचित हुन्छ । डा. डिबी सुनुवार, प्राकृतिक चिकित्सक । नयाँ पत्रिकाबाट