Technology

नेपाली र चिनियाँ कम्पनीबीच सहकार्य हुने 

नेपाली र चिनियाँ कम्पनीबीच सहकार्य हुने 

काठमाडौं । चीनको सूचना–प्रविधि सामाग्री उत्पादक सिन्ताइ कम्पनीसँग नेपालको प्यासिफिक टेलिसिसले सहकार्य गर्ने भएको छ । 

 

सो सहकार्य गर्ने सम्बन्धी औपचारिका समझदारी हालै काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्र्रमान गुरुङले यस्तो सहकार्यले नेपालमा नयाँ प्रविधि, विदेशी लगानी भित्र्याउनका लागि महत्वपूर्ण कदम हुन सक्ने धारणा राखे । 

 

सचिव गुरुङले सूचना प्रविधिसम्बन्धी गुणस्तरीय वस्तु तथा सेवामा जोड दिनु पर्ने बताए । 

 

कार्यक्रममा प्यासिफिक टेलिसिसका अध्यक्ष जीवन गुरुङले नेपाली र चिनियाँ कम्पनीबीच भएको यसप्रकारको सहकार्य नेपालको सन्दर्भमा नौलो र नेपालजस्तो विकासोन्मुख मुलुकका लागि अपरिहार्य रहेको उल्लेख गरे । 
फ्रान्स, अमेरिका, रुस, थाइल्याण्ड, जापान, कोरिया, अष्ट्रेलिया, ब्राजिललगायत विभिन्न देशहरुमा आफ्ना उत्पादन र सेवा प्रदान गर्दै आएको सिन्ताई मुख्यतः अप्टिकल फाइवर नेटवर्क र यससँंग सम्बन्धित सम्पूर्ण उत्पादन र सेवाका लागि प्रशिद्ध छ । 

 

सो कार्यक्रममा नेपाल दुरसंचार प्राधिकरण, नेपाल विधुत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल, वल्र्ड लिङ्क, सुबिसु, भायानेट, पेरिजि, स्मार्ट सेल, वेब सर्फर, हिमालयन क्लाउड लगायतका संस्थाहरुका प्रतिनिधि तथा अन्य संचारकर्मीहरुको उपस्थिति थियो ।
 

विशेष