‘मेरो सरकार’ भारतबाट, ‘पत्रकारलाई जेल’ अमेरिकाबाट भ्रष्टाचार चाहिँ कहाँबाट ?
पूर्ण ओली
लोकतन्त्र आएपछि नेता र कर्मचारीको विदेश यात्रा अत्याधिक बढेर गयो । भ्रमणमा विदेशी शहरमा मोजमस्तीसंँग घुुम्नेमात्र गरेको देखियो । त्यहाँ भएका राम्रा कुुराहरु हामीले कहिले ल्याउन सकेको छैनौं । यदि हामीले बिदेशबाट सिकेको भए काठमाडौं शहर यति फोहोर हुने थिएन् । हाम्रो ट्राफिक व्यबस्था यति भद्रगोल हुुने थिएनन् । हामी यतिसारो भ्रष्ट हुुने थिएनौं ।
सरकारले पनि मितव्ययीताको ख्याल गर्दै विदेश भ्रमण नियन्त्रण गरेको देखिदैन् । विदेश जानेमा बरिष्ठ कर्मचारी र नेताहरु नै देखिन्छन् । एमालेका बरिष्ठ नेता पूूर्बप्रधानमन्त्री माधवकुुमार नेपाल अरुभन्दा अत्याधिक विदेश यात्रा गर्नेमा पर्नुुहुन्छ । उहाँ प्रायः महिनामा एकपटक बिदेश गएको खवर आइरहन्छ ।
अरु देशमा सरकारका पूर्वप्रमुखहरु राष्ट्रको हित हुने एजेण्डा लिएर बेलाबखतमा विदेश जान्छन् । खासगरी सरकार प्रमुखको सन्देश लिएर डिप्लोमेटिक वार्ताबाट दुुई देशका सम्बन्ध सुुधारको लागि बरिष्ठ ब्यक्तित्वहरु अरु देशको भ्रमणमा निस्कन्छन् । तर माधवकुुमार नेपालको यस्तो बिशेष भ्रमणभन्दा कुुनै संघसंस्थाको लागि उनीहरुको स्वार्थमा उपयोग भएको देखिन्छ । यसबाट सम्बन्धित संस्थालाई फाइदा पुुगे पनि राष्ट्रको हित गरेको देखिदैन् । केही समय पहिले काठमाडांैमा एसिया प्यासिफिक सम्मेलनको नाममा क्रिष्चिउन धर्म प्रचारको नाममा उहाँले संयाजनको भूमिका खेल्नु भयो ।
यसबाट नेपाली जनताले के पाए ? साथमा प्रधानमन्त्रीलाई समेत त्यसमा सम्मिलित गराएर राष्ट्रको महत्वपूूर्ण बिषयहरुलाई थाँतीमा राखेर ३ दिन सोल्टी होटलमा बस्न लगाइयो । जहाँ उहाँलाई होली वाइन ख्वाउने नाममा कुनै धर्म बिशेषको अनुुयायी बनाइयो । देशलाई धर्मनिरपेक्ष बनाइसके पछि कुुनै धर्मको प्रचारमा प्रधानमन्त्रीलाई प्रयोग गर्नुु पूूर्बप्रधानमन्त्री माधव नेपालको के स्वार्थ थियो ? जसबाट प्रधानमन्त्री केपी ओलीको छविमा ठूलो ह्रास आयो ।
पूूर्वएमालेको ९ महिने शासन कालमा अरुण ३ लाई वर्ल्ड बैंकलाई लगानी गर्न नदिएर जलबिद्युत उत्पादनमा नेपालले जुन क्षति बेहोर्नुु पर्यो त्यसको मार तात्कालिन एमाले पार्टी र देशले बेहोर्नुु पर्यो । त्यो भन्दा ठूलो क्षति प्रधानमन्त्रीले होलीवाइन खाँदा र प्रधानमन्त्रीलाई धन्यबाद मनिको रुपमा १ लाख डलर दिइयो । जसले प्रधानमन्त्रीका राष्ट्रिय छवि नै तल झर्यो । यो सबै नेताहरु खासगरी पूूर्वप्रधानमन्त्री माधव नेपालको बारम्बार पश्चिमा मुुलुुक र कोरिया भ्रमणको परिणाम होइन र ? खासगरी आइएनजिओको प्रभावमा देशका नेता परेपछि केहि बिदेश घुुम्ने अबसर पाएकै भरमा कुुनै संस्थाको हितको लागि जनताको हितलाई तिलाञ्जली दिनुु नेताहरुको ठूलो कमजोरी होइन र ? गम्भिरतापूूर्बक सोचौं ।
बारम्बार आइएनजिओले जनताका हितमा काम गर्नुुभन्दा क्रिष्चियन धर्म प्रचारमा गाउँ गाउँमा अत्यधिक खर्चगरि गरिब र अनपढ गाउँलेलाई धर्म बदल्न लगाइरहेका खवर संचार माध्यममा आइरहन्छन् । यस्को दूरगामी प्रभाव भनेको शान्तप्रिय नेपालीलाई धार्मिक असहिष्णुतातर्फ धकेल्नुुमात्र हो ।
नेपाली काँगे्रसका नेता पूूर्बप्रधानमन्त्री बिपी कोइरालाको भनाइमा सबभन्दा पहिला गाउँ गाउँको बिकास गरेर उनीहरुलाई रोजिरोटीको व्यबस्था गरिदिनुु पर्छ । त्यसले गर्दा गाउँका मानिस गाउँमै बस्नेछन् भन्नुभएको थियो । त्यस्तै एमालेका अध्यक्ष पूूर्बप्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले आफ्नै गाउँ आफै बनाउँं भन्ने नारा र सोहीअनुुसारको बजेट बितरणले त्यो बेलामा कति धेरै गाउँहरुमा पानीका धारा, स्कुलहरुमा जस्ताका छाना पुुगेका थिए ।
अहिले त्यहि नेकपाको सरकारले पार्टीलाई २–४ करोड प्राप्त भयो भन्दैमा बालुुवाटार लगायतका जग्गा ब्यक्तिका नाममा पासगर्न क्याबिनेट निर्णय गराउने ? यो डरलाग्दो स्थितिलाई नियन्त्रण गर्न र शुुसासन प्रदान गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने सक्षम सरकार अहिलेको दुुइतिहाइसहितको नेकपाको सरकार नै हो । त्यसैले सिंगापुरका लिक्वान इउले गरेजस्तै सबभन्दा पहिला कर्मचारीलाई आवश्यकताअनुुसारको तलबभत्ता दिइयोस् । त्यसपछि भ्रष्टाचारमा संलग्न सरकारमा भएका मन्त्री र बरिष्ठ कर्मचारीबाट कारबाहीको थालनी शुुरु होस् । साथसाथै भ्रष्टाचार गर्नेलाई तुुरुन्त सर्बस्वहरण गरियोस् । त्यसकालागि आवश्यक कानुुन ल्याइयोस । यस्ता महत्वपूूर्ण बिषय शुुसासनको लागि अत्यन्त महत्वपूूर्ण छन् ।
हामीले बिदेश धाएर यस्ता कुुराहरु ल्याउन सकेको भए हामी पनि दक्षिण कोरियाजस्तै बिकसित भइसक्ने थियौं । बिदेशबाट आएको रेमिट्यान्स र बिदेशी सामान आयात गरेर जम्मा गरेको भंसारको राजस्वबाट सरकार चलेको छ । सरकारका मन्त्रीहरुले ‘मेरो सरकार’ भारतबाट आयात गरिएको, पत्रकारलाई जेल हाल्ने चलन अमेरिकाबाट गर्न लागिएको बताएका छन् । अचम्म त यो लाग्छ, सरकारले नचाहिँदा कुराहरु चाहिँ भारत र अमेरिकाबाट आयात गरेको भन्छ, अनि देशमा भएको भ्रष्टाचार र अनियमितता चाहिँ कहाँबाट आयात भएको हो, त्यो खुलाउँदैन ।
हामी आफ्नो निजी सुुबिधामा अत्यधिक पैसा खर्च गरिरहेका छौं । अब गाडी खरिद गर्ने पैसा सिचाइंमा लगाऔं । नचाहिंदा सुुबिधा र बिदेश यात्रा घटाइ गाउँ गाउँमा शुुद्ध खानेपानी पुुर्याउने नीति ल्याउँ । अझै पनि जनता केपी ओली सरकार कै आसमा छन् । लौन अब त केहि गरौं ।