कभर स्टोरी

सरकार–सञ्चारकर्मी सम्बन्ध अप्ठ्यारोमा– नेता रावल

सरकार–सञ्चारकर्मी सम्बन्ध अप्ठ्यारोमा– नेता रावल

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले सरकार र सञ्चारकर्मीको सम्बन्ध अप्ठ्यारो स्थितिमा जान नदिन सरकार सचेत हुनुपर्ने बताउनु भएको छ । 

संविधान निर्माण गर्दा नै गहन छलफल गरी प्रेस स्वतन्त्रताको पक्षमा गरिएको व्यवस्थालाई कुल्चिन नहुने भन्दै नेता रावलले मिडिया काउन्सिल विधेयकमा भएका दण्ड सजाय सम्बन्धी विवादित विषयमा छलफल आवश्यक रहेको स्पष्ट गर्नुभयो । 

रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा नेता रावलले तालुकदार सञ्चारमन्त्रीले असन्तुष्टिका विषयमा छलफल गरिने बताइसकेको अवस्थामा आतिनुपर्ने अवस्था नरहेको तर विवाद बढ्न नदिन ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । 
 
वालुवाटारलगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । आफ्नै पार्टी महासचिव विष्णु पौडेलसमेत मुछिएको वालुवाटारस्थित ललिता निवास जग्गाको  सत्य, तथ्य छानविन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने नेता रावलको माग छ । 

 पार्टी विधानअनुसार चल्न नसकेको गुनासो गर्दै रावलले भातृ संगठन एकता प्रक्रिया क्रममा आएका असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गर्नुभयो । 
 

नेपाल कम्युनिष्ट पार्टी भिम रावल

विशेष