अन्तरवार्ता भिडियो कभर स्टोरी

‘ जहाजबाट पोखरा जानेले मलेखुको माछा खान्छु भनेर हुँदैन ’ (भिडियोसहित ) 

‘ जहाजबाट पोखरा जानेले मलेखुको माछा खान्छु भनेर हुँदैन ’ (भिडियोसहित ) 

दिनेश डिसी नेपाली संचार र कला क्षेत्रमा प्रतिष्ठित नाम हो । हाल रेडियो कान्तिपुरका स्टेशन म्यानेजरसमेत रहेका डिसी बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । उनी संचार र कला क्षेत्रमा निपूर्ण हुनुकासाथै राजनीति र गायनमा पनि उत्तिकै सक्रिय छन् । 

 


डिसीका अनुसार जीवन र जगतप्रति सकारात्मक दृष्टिकोण राख्दै आत्मविश्वासकाथ निरन्तर अघि बढ्नु नै सफलताको प्रमुख सुत्र हो । उनी भन्छन्, ‘ तपाईं जति प्रतिभावान भएपनि कसैले पुछ्नेवाला छैन, आफनो लागि आफै गर्नूस । तपाईंको प्रतिभा, ज्ञान, सीप र विचार उपयुक्त भए मात्र विक्री हुन्छ ।


ओलीका विश्वासपात्र

 


डिसी प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पनि हुन् । आफनो भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीले डिसी र नायक राजेश हमाललाई आफुसंगै भारत लगेका थिए । 

 


साथै, कला क्षेत्रसंग सम्बन्धित कुनै योजना भए त्यसको जिम्मा पनि आफूले नै निर्वाह गरिरहेको डिसी बताउँछन् । यसबाहेक व्यक्तिगत तहमा हुने थुपै्र काम पनि आफूले गरिरहेको उनको भनाइ छ । 

 

">
विद्यार्थीकालदेखि नै कम्युनिष्ट बिचारधारा अंगालेका डिसी मुलुकको राजनीतिप्रति निकै सचेत छन् । सामाजिक जीवनका कुनैपनि निकाय वा अंग राजनीतिबाट अछुतो रहन नसक्ने भएकाले आफूपनि चेतनशील नागरिकका हिसाबमा राजनीतिमा लागेको उनको भनाइ छ । राजनीतिले मुलुक बनाउने र बिगार्ने भएकाले असल, सचेत र विवेकशील मानिसहरुको प्रवेश राजनीतिमा हुनुपर्ने उनी बताउँछन् । 

 


नेकपामा कला क्षेत्रको नेतृत्व आफूले गरिरहेको बताउँदै डिसीले भने, ‘ राजनीतिमा होमिएको हुँ, तर, सांसद, मन्त्री बन्ने चाहना छैन । म आफनै क्षेत्रको राजनीतिमा रमाइरहेको छु ।’

 


उनी भन्छन्, ‘नेकपामा पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल लगायत अधिकांश नेताहरुसंग मेरो राम्रो सम्वन्ध छ । यी सबै मध्ये प्रधानमन्त्री ओलीले आफूलाई विशेष स्नेह गर्नुुहुन्छ । ’

 


ओली दम्भी होइनन  

 


डिसीले प्रधानमन्त्री ओली विकास र समृद्धिका लागि दीर्घकालिन योजनाकासाथ अघि बढिरहेको जिकीर गरे । जनताको गास, वास र कपासमा समस्या नहोस भन्ने आधारभुत कुरालाई ख्याल गर्दै दीघकालिन महत्वका आयोजना अघि बढाइएकाले सुन्दर भविश्यको जग प्रधानमन्त्री ओलीले बसाइरहेको उनको भनाइ छ । 

 

">
सरकारको नीति, कार्यक्रम र पार्टीको घोषणापत्र अनुसार प्रधानमन्त्रीले काम गरिरहेकाले पार्टी भित्रबाट पनि उनलाई पूर्ण सहयोग भैरहेको उनको दावी छ । प्रधानमन्त्रीको चाहना आफनो मात्र नभइ प्रत्येक नागरिक र देशकै स्वाभिमान ठाडो पार्ने भएकाले उनलाई दम्भी र  घमण्डी भन्नु रीश र ईश्याको प्रतिक्रिया मात्र भएको डिसी बताउँछन् । 

 


संचार र कला

 


संचार र कला क्षेत्रमा लामो अनुभव संगालेका डिसी भन्छन्, ‘ जहाज चढेर पोखरा जाने मान्छेले मलेखुको माछा खान्छु भनेर हुँदैन । मलेखुको माछा खान रोडबाटै यात्रा गर्नुपर्छ । ’

 


डिसीले कुन पेशा वा क्षेत्रमा लाग्ने भन्ने प्रश्नको जवाफमा यस्तो भनेका हुन् । जसरी मलेखुको माछा खान सडकबाटै यात्रा गर्नुपर्छ, त्यसैगरी संचार वा सिने जगतको आनन्द लिन यसको यात्रामा आउने आरोह अवरोह, दुःख कष्ट सबै सहजरुपमा लिनुपर्छ । होइन सडकबाट जान सकिन्न भन्ने हो भने माछा खाने इच्छा पनि त्याग्नुपर्छ । 

 


आफूले रोजेको जुनुसकै क्षेत्र होस इमान्दारिपूर्वक, धैर्य भएर काम गरिरहनु पर्छ, परिणाम एक दिन सबै हिसाबकिताब चुक्ता गरेर निस्कन्छ । आफूले संचार र कला क्षेत्रमा बषौदेखि आनन्द लिइरहेको र अझै यो क्षेत्रमा सक्रिय भैरहने उनी बताउँछन् । 


प्रेम र भूल

 


जीवनयात्राका क्रममा आफूसंगै केही महिलाहरु जोडिएको स्वीकार गर्दै डिसीले भने, ‘ ती मेरो जीवनका भूल थिए । गल्ती थिए । जो जो महिलाहरु मसंग जोडिए, समयक्रममा भएका भूलका रुपमा लिएको छु । अब दोहरिने छैनन् । ’

 


कला क्षेत्रमा लागेका मानिसहरु सबैका लागि आमचासोका पात्र भएकाले उनीहरुका गतिविधि छिटो भन्दा छिटो सार्वजनिक हुन्छन् । त्यसमा पनि प्रेम र यौनका समाचार त एकैछिनमा भाइरल भैहाल्छन् । उनी भन्छन्, ‘ मेरो टोलको भाईले पनि प्रेम गरिरहेको हुनसक्छ । तर उसको चर्चा हुँदैन । फिल्म खेल्ने कसैको सामान्य बसउठ मात्र भयो भनेपनि त्यो हल्ला भैसक्छ । ’

">

विशेष