कभर स्टोरी

बजेटका लागि अर्थ समितिको २२ बुँदे सुझाव

बजेटका लागि अर्थ समितिको २२ बुँदे सुझाव

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सातवटै प्रदेश र स्थानीय तह पुगेर संकलन गरेको सुझावका आधारमा आगामी बजेटको प्राथमिकता तोक्न प्रतिनिधिसभा बैठकमा सिफारिससहितको प्रतिवेदन पेश गरेको छ । 

आगामी बजेटले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हुने क्षेत्रमा प्राथमिकता दिन सरकारलाई भनेको छ 

प्रतिवेदनमा आगामी बजेटले उत्पादनशील रोजगारी सिर्जना हुने, थोरै लागतमा धेरै मूल्यको उत्पादन हुने, सडक, उर्जा, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता दिन सरकारलाई सिफारिस गरेको छ । 

समितिले सार्वजनिक खरिद कानुन यसै बजेट अधिवेशनमा संशोधन गर्नुपर्ने, पूर्व तयारीका काम सकिएका आयोजनामा मात्रै बजेट विनियोजन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना छनोटको लागि विभिन्न लाभ लागत विश्लेषण गर्ने लगायतको विभिन्न क्षेत्रमा प्राथमिकता दिन २२ बुँदे सिफारिस गरेको छ । 

समिति सभापति कृष्णप्रसाद दाहालले गहिरो अध्ययन तथा छलफलका आधारमा तयार पारेको प्रतिवेदन कागजमा मात्रै सीमित रहन नदिन सरकारलाई सचेत गराउनुभयो । 

समितिका सदस्य एवं पूर्वअर्थमन्त्रीद्वय सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको फरक फरक टोलीले सातवटै प्रदेश राजधानी र व्यापारिक केन्द्र पुगेर सुझाव संकलन गरेको थियो ।

समितिले विभिन्न ६१ वटा प्रश्न सहितको प्रश्नावली मार्फत संकलन गरी ५ सय ६३ लिखित सुझाव ल्याएको थियो । 
 

अर्थ समिति बजेट

विशेष