खेल

विश्वकप अघि चम्किँयो इंग्ल्याण्ड, पाकिस्तान विरुद्धको सिरिज ‘क्लिन स्विप’

विश्वकप अघि चम्किँयो इंग्ल्याण्ड, पाकिस्तान विरुद्धको सिरिज ‘क्लिन स्विप’

काठमाडौं । पाकिस्तानसँगको एकदिवसीय सिरिज इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको छ । आइतबार राति भएको खेलमा ५४ रनले पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले सिरिज ४–० ले क्लिन स्पिप गरेको हो । इंग्ल्याण्डले दिएको ३५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि कप्तान सरसफराज अहमदले ९७ रन बनाए पनि टिमलाई क्लिन स्विपबाट जोगाउन सकेनन् । यस्तै, बाबर आमजले ८०, मोहम्मद हसिनले २८, आशिफ अलिले २२, इमाद वासिमले २५, हसन अलिले ११ र शाहीन शाह अफ्रिदीले नटआउट १९ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले १० ओभरमा २ मेडनसहित ५४ रन खर्चिएर ५ विकेट लिए । उनी म्यान अफ दि म्याचसमेत घोषित भए । यस्तै, आदिल रशिदले २ र डेभिड विल्लीले एक विकेट हात पारे । यसअघि, टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनायो ।

 

उसका लागि जो रुटले ८४, कप्तान इयोन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स विन्सले ३३, जोनी बेयरिस्टोले ३२, बेन स्टोक्सले २१, किस ओक्सले १३, डेभिड विल्लीले १४ रन बनाए । यस्तै, टम करनले अन्त्यमा बिस्फोट ब्याटिङ गरे । उनले २ छक्का र २ चौकाको सहयोगमा नट आउट १५ बलमा २९ रनको योगदान दिए । बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले ४, इमाद वासिमले ३, हसन अलि र मोहम्मद हसिनले १–१ विकेट लिए ।  

पाकिस्तान भर्सेस इंग्ल्याण्ड एकदिवसीय सिरिज

विशेष