खेल

सुरेश रैनाको शतक पूरा, आइपीएलमा बनाए नयाँ कीर्तिमान !

सुरेश रैनाको शतक पूरा, आइपीएलमा बनाए नयाँ कीर्तिमान !

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सका सुरेश रैनाले एक नयाँ रेकर्ड बनाएका छन् । बुधबार राति दिल्ली क्यापिटल्स विरुद्धको खेलमा पृथ्वी शाको क्याच पक्रिदै उनले नयाँ रेकर्ड बनाएका हुन् । यो सँगै रैना आइपीएल इतिहासमा १०० क्याच लिने पहिलो खेलाडी बनेका छन् । उनले दीपक चहरको पहिलो ओभरको पाँचौ बलमा पृथ्वीको क्याच लिएका थिए । 

आइपीएलमा सर्बाधिक क्याच लिने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिरहेका एबी डि भिलियर्स दोस्रो स्थानमा छन् । उनले हालसम्म ८४ क्याच लिएका छन् । बुधबार दिल्लीविरुद्ध रैनाले ब्याटिङमा पनि शानदार प्रदर्शन गरे । उनले ८ चौका र एक छक्काको मद्दतमा ३७ बलमा ५९ रन प्रहार गरे । यो खेलमा दिल्लीविरुद्ध चेन्नई ८० रनले विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।   

इन्डियन प्रिमियर लिग आइपीएल

विशेष