खेल

मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा टोली घोषणा

मेस्सीको कप्तानीमा अर्जेन्टिनाद्वारा टोली घोषणा

काठमाडौं । अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।  आउँदो १४ जुनदेखि ब्राजिलमा हुने कोपा अमेरिकाका लागि अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनी टिमः 
गोलकीपरः फ्रान्को अरमानी, स्टेबन एन्ड्राडा, अगस्टिन
डिफेन्डरः रेनजो साराभिया, मिल्टन केस्को, जर्मन पजेला, निकोलस ओटामिन्डी, रामिरो फुन्स मोरी, निकोलस ट्यागलिफिगो, जुआउन फायथ

मिडफिल्डरः मार्कोस एकुना, लियन्ड्रो पार्स, जियोवनी एलओ सेलो, एक्सपीसिएल पालासिओस, गुईडो रोड्रिगेज, रोबर्टो पेरेरा, रोड्रिगो डे पाउल, एन्जल डि मारिया, पाउलो ड्याबाला
फरवार्डः लियोनल मेस्सी, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज, सर्जियो अग्युरो

अर्जेन्टिना लियोनल मेस्सी

विशेष