खेल

कप्तान चम्किँदा आयरल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जीत

कप्तान चम्किँदा आयरल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जीत

काठमाडौं । आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान विजयी भएको छ । मंगलबार राति भएको खेलमा आयरल्याण्डलाई १२६ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टिम आयरल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि पउल स्टर्लिङले सर्बाधिक ५०, ग्यारी विल्सनले ३४, एन्डी बलर्बिनीले २०, कप्तान विलियम प्रोटरफिल्डले १९, बेरी म्याकरोथीले १८ र केभिन ओब्रायनले १२ रन बनाए ।बलिङमा अफगानिस्तानका कप्तान कुलबिन्दन नाइबले ९.२ ओभरमा ४६ रन दिएर ६ विकेट लिए । यस्तै, रहमत शाह, अफ्ताब आलम र दवाल्ट जर्दानले १–१ विकेट लिए ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि ओपनर मोहम्मद सजादले १४ चौकाको मद्दतमा ८८ बलमा १०६ रन बनाए । यस्तै, रहमत शाहले ६२, हसमुतुल्लाह साहिदीले ४७, अश्गर अफगानले १४ र नजिबुल्लाह जर्दानले ३ छक्का र ७ चौकाको सहयोगमा नट आउट ६० रनको योगदान दिए ।

 

बलिङमा आयरल्याण्डका मार्क अदिरले ३, एन्डी म्याकर्बिनले ३, ब्वोइड र्याकिंन र पउल स्टर्लिङले १–१ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानका ब्याट्सम्यान नचल्दा आयरल्याण्डले ७२ रनको फराकिलो जीत निकालेको थियो । अफगानिस्तान मे ३० देखि हुने विश्वकप क्रिकेटमा पनि सहभागिता जनाउँदै छ ।   

आयरल्याण्ड भर्सेस अफगानिस्तान एकदिवसीय खेल

विशेष