खेल

विश्वकपअघि श्रीलंकाको शानदार जीत

विश्वकपअघि श्रीलंकाको शानदार जीत

काठमाडौं । स्कटल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंका विजयी भएको छ । वर्षाकाकारण डकवर्थ लुईसका आधारमा श्रीलंका ३५ रनले विजयी भएको हो । जीतसँगै सिरिज पनि श्रीलंकाले जितेको छ । मंगलबार राति भएको खेलमा श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि जर्ज मुन्सीले सर्बाधिक ६१, म्याथु क्रसले ५५, कप्तान केली कोइट्जरले ३४ रन बनाए । बलिङमा श्रीलंकाका नवन प्रदिपले ४, सुरंग लकमलले २, इश्रुवा उडाना र थिसरा पेरराले एकएक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२२ रन बनायो ।

 

उसका लागि कप्तान दिमुथ करुनारत्नेले ७७, अभिशक फर्नाडोले ७४, कुशल मेन्डिसले ६६, लाहिरु थ्रिमनले नटआउट ४४, इशुरुवा उडानाले १५, जीवन मेन्डिसले १३ र सुरंगा लकमलले अविजीत १२ रन बनाए । बलिङमा स्कटल्याण्डका ब्राड व्हीलले ३, सफयान सरिफले २, टोम सोले, माइकल लेस्क र मार्क वाटले एकएक विकेट हात पारे ।  

एकदिवसीय सिरिज स्कटल्याण्ड भर्सेस श्रीलंका

विशेष