वीर अस्पतालले किन्यो १ पैसामै १७ उपकरण !

काठमाडौं । एक पैसामा पनि सामान किन्न पाइन्छ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, ह्विलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण एक पैसाको दरमा खरिद गरिरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण एक पैसामा खरिद गरिरहेको हो।
पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक ट्रेडस (सप्लायर्स फर्म) को टेन्डर स्वीकृत गर्यो। निवेदन दिने चार फर्ममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो। अरुले १० हजारसम्म तोकेको उपकरण यो फर्मले एक पैसामा दिने भएको छ। अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको छ। वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले श्री श्रेष्ठ महँगा उपकरण एक पैसामा दिन तयार भएकामा आफू चकित भएको बताए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।