समाज

विद्यार्थीको कुटाइबाट प्रिन्सिपल घाइते

विद्यार्थीको कुटाइबाट प्रिन्सिपल घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ का एक विद्यालयका प्रिन्सिपल विद्यार्थीको कुटाइबाट घाइते भएका छन् ।

अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रिन्सिपल निर्मल तामाङ विद्यार्थीको कुटाइबाट घाइते भएका हुन्। विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखामा गम्भीर चोट लागेको छ।

२२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट प्रिन्सिपल तामाङ घाइते भएका बताइएको छ । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउने क्रममा प्रिन्सिपलमाथि कुटपिट भएको हो। छिरिङ तामाङ विद्यालयबाट १० १५ दिन हराउने र फेरि सम्पर्कमा आउने गर्दथे ।

सोही विषयमा विद्यार्थी तामाङका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुब्र्यसनीमा फसेको होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा तामाङले अभिभावकमाथि आक्रमण गरेका थिए। आक्रमण छुटाउने क्रममा प्रिन्सिपल तामाङको देब्रे आँखामा गम्भीर चोट लागेको हो।

कुटपिट

विशेष