आजको मौसमः मेघ गर्जनसहित असिना र हावाहुरीको संम्भावना
काठमाडौं । आज पनि देशका पूर्वी, मध्यम र पश्चिमी भेगमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले काठमाडौँ उपत्यकामा पनि बिहिबार बेलुकी पानी बताइन् । उनकाअनुसार काठमाडौं उपत्यकाको मौसस दिनभर सफा रहेपनि बेलुकी पख भने हावाहुरीसहित पानी पर्नेछ । मध्य र पुर्वी तराईको मौसम बदली भएर बेलुकी पानी पर्ने विभागले जनाएको छ ।
बादल विकसित भएका कारण मध्य र पुर्वी तराईमा पानी पर्नेछ भने तराईका अन्य स्थानहरुको मौसम सामान्तयता सफा रहने छ । जारी प्रि–मनसुन, स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण देशका धेरै स्थानमा मेघगर्जन र हावा हुरीसहित पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २.५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ । काठमाडौंको बिहिबार विहानको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ । केहि दिन यता काठमाडौ उपत्यकासहित देशभरको तापक्रममा बढेको छ।
मौसम हुरीबतास