खेल

आजदेखि प्रधानमन्त्री कप, उद्घाटन खेलमा आर्मी र प्रदेश २ खेल्दै

आजदेखि प्रधानमन्त्री कप, उद्घाटन खेलमा आर्मी र प्रदेश २ खेल्दै

काठमाडौं । आजदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । बिहान ९ बजेदेखि कीर्तिपुर स्थित टीयु मैदानमा शुरु हुने प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दै छन् ।

 

उद्घाटन खेलमा विभागीय टोली आर्मी र प्रदेश २ खेल्दै छन्। खेल टीयु क्रिकेट मैदानमा हुनेछ । आर्मीमा विनोद भण्डारी र प्रदेश २ महबुब आलम कप्तान छन् । राष्ट्रिय खेलाडीले बलियो रहेको आर्मीमा विनोदसहित सोमपाल कामी, जितेन्द्र मुखिया, रोहित कुमार पौडेल, करण केसी, भिम सार्की, कुशल मल्ल, हरि बहादुर चौहान लगायतका खेलाडी छन् । यता महबुबको प्रदेश २ मा यसअघि शतक लगाइसकेका हासिम अन्सारी, राशिद खान, हरिशंकर शाह, साम्शद शेखलगायत क्रिकेटर छन् ।  

 

यसैबीच, आज मुलपानी मैदानमा हुने भनिएको नेपाल पुलिस र प्रदेश १ बीचको खेल नहुने भएको छ । मैदान पूर्ण रुपमा तयार नभएकाले जेठ १२ गतेबाट पछि मात्र मुलपानीमा खेल हुने जनाइएको छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । 

आर्मी भर्सेस प्रदेश २ प्रधानमन्त्री कप

विशेष