‘डाक्टर अंकल’ को सम्झनामा शोकमग्न शहर
मोरङ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा चिनिएका डा. विमल अग्रवालको असामयिक निधनले विराटनगर क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन्।
‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर उपचारका लागि स्थानीय नोबेल अस्पताल पुग्नु भएको थियो।
उपचारकै क्रममा अग्रवालको मस्तिष्कघातका कारण निधन भयो। नर्भिक अस्पतालको लापर्वाहीका कारण निधन भएकोमा एकातिर स्थानीयवासीमा आक्रोश छ भने अर्कातिर उनको परिवारप्रति समवेदना पनि छ।
पछिल्लो एक दशकमा विभिन्न स्वास्थ्य सस्थामार्फत डा। अग्रवालले हजारौँ बालबालिकाको उपचार गरेका थिए भने सयौँ बच्चालाई नयाँ जीवनदान दिएका थिए। वैशाख २४ गते आफैँ गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाल मस्तिष्कघातपछि नौ दिनसम्म अस्पतालको शय्यामा रहे।
डा. अग्रवालका बुबा सावरमल अग्रवालले भावुक हुदै छोरो बिमलले ठूलो परिवारलाई पूर्ण रुपमा सम्हालेको बताए। लामो जिबनको सुरुवातमा श्रीमान गुमाएकी चिकित्सकसमेत रहेकी श्रीमती कोपिला श्रीमान्को मृत्युपछि अहिले बोल्नसक्ने स्थितीमा छैनन्। डा अग्रवालकी एकमात्र छोरी विक्षिप्त छिन् । दैवले कलिलै उमेरमा आफना बुवालाई टिपेर लगेपछि उनको मुहारबाट उज्यालो हराएको छ।
करिब एक दर्जन सामाजिक संघसस्थामा आबद्ध उनी राउण्ट टेबल ११ का संस्थापक अध्यक्ष हुन्। राउण्ड टेबलले उनकै नेतृत्वमा केही वर्षदेखि कोसी अन्चल अस्पतालमा रक्तअल्पता सम्बन्धी थालेसिमिया रोगका चार दर्जन गरीब बालबालिकालाई उपचार गराई रहेको थियो।
उहाँको दाहसस्कारमा विराटनगरवासीको जनलहर नै उर्लेको थियो। विराटनगरका बरिष्ठ डाक्टरहरु, महानगरका मेयर, राजनीतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्त पुगेका थिए । बैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा।अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको थियो।
चिकित्सक संघ मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले पेशागत संगठनमा समेत डा। अग्रवालले महत्वपूर्ण योगदान पुर्याएको बताए। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।
डा. विमल अग्रवाल