स्वास्थ्य

किन झर्छ पुरुषको कपाल? यस्ता छन् रोकथाम गर्ने उपाय

किन झर्छ पुरुषको कपाल? यस्ता छन् रोकथाम गर्ने उपाय

काठमाडौं । उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या पछिल्लो समय बढ्दो छ । कपाल झर्नु आफैँमा रोग भने होइन । पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो। यद्यपी यो सबैमा देखिन्छ भन्ने हुँदैन । पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । जसका कारण कपाल झर्न सुरु गर्छ ।

 

टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तरै झर्न सुरु गर्छ ।
तनावले शरीरमा आउने विभिन्न हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरुप कपाल झर्न थाल्छ । धूमपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ । अनि शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ । मध्यपान गर्ने पुरुषमा टक्सिनको मात्रा वढ्ने, आइरन र जिंक कम हुने हुन्छ। जसको फलस्वरुप कपाल झर्छ ।

 

यी हुन् रोकथामका उपाय
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाहै्र होला ।
तर, अस्वस्थकर खानपान, धूमपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल भरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वस्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ । यो जानकारी नयाँ पत्रिका दैनिकमा छाला तथा सौन्दर्य विशेषज्ञ डा. धमेन्द्र कर्णले लेखेका छन्।

कपाल पुरुष

विशेष