खेल

आइपीएलमा आज मुम्बई र हैदारावाद खेल्दै, प्लअ‍ेफमा पुग्न जित्नैपर्ने दबाब

आइपीएलमा आज मुम्बई र हैदारावाद खेल्दै, प्लअ‍ेफमा पुग्न जित्नैपर्ने दबाब

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (बिहीबार) तीन पटकको विजेता मुम्बई इन्डियन्स र गत संस्करणको उप–विजेता सनराइजर्स हैदरावाद भिड्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मुम्बई वाङखडेमा शुरु हुँदैछ ।

 

आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । मुम्बई अंक तालिकामा तेस्रो स्थानमा छ । उसले १२ म्याचमा ७ खेल जितेर १४ अंक बटुलेको छ । आजको खेल मुम्बईले जीते प्लेअफमा पूग्ने तेस्रो टिम हुनेछ । यसअघि, दिल्ली र चेन्नई अन्तिम ४ मा पुगिसकेका छन् । लिग तालिकामा हैदरावाद १२ अंकका साथ चौंथो स्थानमा छ । जारी सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । ६ अप्रिलमा राजिव गान्धी रंगशालामा भएको उक्त खेलमा मुम्बईसँग हैदरावाद ४० रनले पराजित भएको थियो । 

 

आइपीएलमा यी दुई टिमबीच हालसम्म १३ खेल भएका छन् । जसमा मुम्बईले ६ र हैदरावादले ७ खेलमा जीत निकालेको छ । वाङखडे स्टेडियममा मुम्बई–हैदरावाद ४ पटक भिडेका छन् । जसमा मुम्बईले ३ खेलमा जीत हासिल गर्न सफल भएको छ ।  

 

मुम्बईविरुद्ध गुप्टिलको संम्भावना
न्यूजिल्याण्ड क्रिकेट टिमका बिस्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिलले जारी आइपीएलमा १२ खेल सकिदा एक खेलमा पनि मौका पाएका छैनन् । हैदरावादमा आवद्ध उनले आज भने टिममा मौका पाउने संम्भावना छ । हैदरावादका ओपनर डेबिड वार्नर र जोनी बेयरिस्टो स्वदेश फर्किएकाले मुम्बईविरुद्ध गुप्टिलले मौका पाउन सक्ने छन् ।      

आइपीएल मुम्बई भर्सेस हैदारावाद मार्टिन गुप्टिल

विशेष