खेल

भारतीय टिमलाई झड्का, विश्वकप अघि शिखर र विजय घाइते

भारतीय टिमलाई झड्का, विश्वकप अघि शिखर र विजय घाइते

काठमाडौं । ३१ मेदेखि इंग्ल्याण्डमा शुरु हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको मुखैमा भारतीय क्रिकेट टिमलाई झड्का लागेको छ । दुई महत्वपूर्ण खेलाडी घाइते भएपछि टिमलाई झड्का लागेको हो ।  घाइते हुनेमा ओपनर शिखर धवन र अलराउन्डर विजय शंकर रहेका छन् । उनीहरु दुवै नेटमा अभ्यासका क्रममा घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेट प्राक्टिसका क्रममा तेज गतिको बलले शिखरको हेल्मेटमा लागेको थियो । त्यसलगत्तै उनको ओठबाट रगत आएको थियो । यद्यपि त्यो चोट ठूलो नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

यस्तै, अलराउन्डर विजय शंकर पनि नेट अभ्यासका क्रममा घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको बताइएको छ । विजयको चोटबारे विस्तृत रिपोर्ट आउट बाँकी छ । भारतले विश्वकप अघि दुई अभ्यास खेल खेल्दैछ । पहिलो अभ्यास खेल आज न्यूजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लण्डनमा हुँदैछ । यस्तै, भारतले अर्को एवं अन्तिम अभ्यास खेल बंगलादेशसँग २८ मेमा खेल्दै छ ।  

एकदिवसीय विश्वकप क्रिकेट भारतीय क्रिकेट टिम

विशेष