खेल

अफगानिस्तानसँग पनि पाकिस्तान पराजित, खेर गयो बाबरको शतक

अफगानिस्तानसँग पनि पाकिस्तान पराजित, खेर गयो बाबरको शतक

काठमाडौं । ३१ मेदेखि इंग्ल्याण्डमा शुरु हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटअघि पहिलो अभ्यास खेलमा पाकिस्तान अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ । पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि हशमतुल्लाह शाहीदीले सर्बाधिक नटआउट ७४ रन बनाए । यस्तै, हज्रतुल्लाह जजाईले ४९, मोहम्मद नाबीले ३४, रामत शाहले ३२, मोहम्मद शहजादले २२ र समिउल्लाह शिनवारीले २२ रन बनाए । बलिङमा पाकिस्तानका वहाब रियाजले ३, इमाद वासिमले २, सादव खान र मोहम्मद हैसिनले एक–एक विकेट लिए ।  


  
यसअघि, ब्रिस्टलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६२ रन बनायो । उसका लागि बाबर आजमले शानदार प्रदर्शन गरे । उनले १० चौका र २ छक्काको मद्दतमा १०८ बलमा ११२ रन बनाए । बाबरले केही दिनअघि इंग्ल्याण्डसँग भएको एकदिवसीय सिरिजमा पनि शतक लगाएका थिए ।

 

यस्तै, सोयब मलिकले ४४, इमाम उल हकले ३२, फखर जमानले १९, इमाद वासिमले १८, कप्तान सरफराज अहमदले १३, मोहम्मद अफिजले १२, हरिश सोहेलले १ रन बनाएर आउट भए ।  बलिङमा मोहम्मद नाबीले ३, राशिद खान, दवालत जद्रनले २–२, हमिद हसन र अफ्ताब आलमले १–१ विकेट लिए । 

पाकिस्तान भर्सेस अफगानिस्तान

विशेष