खेल

लयमा देखियो दक्षिण अफ्रिका, जित्ला पहिलो पटक विश्वकप?

लयमा देखियो दक्षिण अफ्रिका, जित्ला पहिलो पटक विश्वकप?

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अघि श्रीलंका विरुद्धको अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ । ३३९ रनको विशाल लक्ष्य पछ्याएका श्रीलंकाले ४२.३ ओभरमा सबै विकेट गुमाएर २५१ रनमै समेटियो । उसका लागि कप्तान दिमुथ करुणारत्नेले ९२ बलमा १२ चौकाको मद्दतमा ८७ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् ।

 

यस्तै एन्जेलो मैथ्यूजले ६४, कुशल मेन्डिसले ३७ र जीवन मेन्डिस १८ रन बनाए ।अन्यको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवेलोले ४, लुंगी एन्गिडीले २, कागिसो रबाडा, जेपी डुमिनी र ड्वेन प्रिटोरियसले १– १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३८ रन बनायो ।

 

उसका लागि कप्तान फाफ डुप्लेसीले ८८, हसिम अमलाले ६५, रसिभान डेर डुसनले ४०, एन्डिले फेहलुकवेलोले ३५, जेपी डुमिनीले २२, एडिन मार्कमले २१, ड्वेन प्रिटोरियसले २५ र क्रिस मोरिसले अविजित २६ रनको योगदान दिए । बलिङमा श्रीलंकाका सुरंगा लकमल, नुवान प्रदिपले २–२, धनन्जय डि सिल्भा, जीवन मेन्डिस र  इसुरु उडानाले १–१ विकेट लिए । 

दक्षिण अफ्रिका भर्सेस श्रीलंका विश्वकप क्रिकेट

विशेष