प्रधानमन्त्री कपः एपीएफविरुद्ध पारस खड्काको टिम बलिङ गर्दै
काठमाडौं । शुक्रबारदेखि शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज ३ नम्बर प्रदेशविरुद्ध सशस्त्र प्रहरी क्लब (एपीएफ) ले टस जितेर ब्याटिङ रोजेको छ । खेल बिहान ९ बजेबाट कीर्तिपुर स्थित टियू मैदानमा शुरु भएकाे छ ।
एपीएफ टिमः पृथु बाँस्कोटा (कप्तान), शरद भेषवाकर, आशिफ शेख, प्रदीप ऐरी, भुवन कार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सुमित महर्जन, शंकर राना, अविनाश बोहरा र अमरसिंह रौटेला ।
प्रदेश २ टिमः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ, इशान्त पाण्डे, रित गौतम, सोनु देवकोटा, अभिषेक बस्नेत, रविन जोशी, जितेन्द्र ठकुरी, सूर्य तामाङ र नन्दन यादव ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।
प्रधानमन्त्री कप