स्वास्थ्य

जान्नुहोस्, कस्ता खानेकुरा दूधसँग नखाने? 

जान्नुहोस्, कस्ता खानेकुरा दूधसँग नखाने? 

मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । 

 

नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानुहुँदैन । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पुर्याउँछ । 

 

सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानुहुँदैन । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । 

 

दूध र दही एकै किसिमका दुग्धजन्य पदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नुहुँदैन । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ । 

 

माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

दूध स्वास्थ्य खानेकुरा

विशेष