Technology

फेसबुकले तीन महिनामा हटायो २.२ अर्ब फेक एकाउन्ट

फेसबुकले तीन महिनामा हटायो २.२ अर्ब फेक एकाउन्ट

एजेन्सी । फेसबुकले जनवारीदेखि मार्च महिनाको बीचमा करिब २.२ अर्ब फेक एकाउन्ट हटाएको छ। फेक एकाउन्ट हटाएको यो अहिलेसम्मकै ठूलो रेकर्ड हो। योभन्दा अघि अक्टोबरदेखि डिसेम्बरसम्ममा १.२ अर्ब फेक एकाउन्ट हटाएको थियो।

संसारभरबाट मासिक फेसबुक एक्टिभ युजरको संख्या २.२८ अर्ब रहेको छ। यसमा २.२ अर्ब एकाउन्ट हटाउनलाई फेसबुकको ठूलो कदमका रूपमा हेरिएको छ। तर डेटाको सुरक्षा र फेक एकान्टका विषयलाई लिएर केही देशमा फेसबुकलाई आलोचना गरिएको छ। केही देशले फेसबुकमाथि कारवाही पनि गरेका छन्।

फेसबुकले तेस्रो कम्युनिटी स्ट्न्डर्ड रिपोर्टमा फेक एकाउन्टमाथि कारबाही हुने जानकारी दिएको छ। कम्पनीका अनुसार अब यस्तै रिपोर्ट वर्षमा चार पटकसम्म जारी गरिने छ। यस्तै रिपोर्ट इन्स्टाग्रामको पनि जारी हुने छ।

फेसबुक फेक एकाउन्ट

विशेष