हिमानी राजमाता र हृदयन्द्र राजा बन्ने सम्भावना (भिडियोसहित )
नेपालसंगै भारत पनि हिन्दू राष्ट्र
प्रख्यात ज्योतिष पण्डित डा. रूद्रनाथ अधिकारीले पूर्व युवराज्ञी हिमानी शाह राजमाता र उनका छोरा हृदयन्द्र राजा बन्ने सम्भावना प्रबल रहेको बताएका छन् ।
भारतमा भारतीय जनता पार्टी (भाजपा) को उदयसंगै नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने तयारीमा रहेकाबेला ज्योतिष अधिकारीले आउँदो फागुन भित्र राजसंस्थाले कुनै न कुनै ‘स्पेस’ पाउने दावी गरेका हुन् ।
राजसंस्थाले ‘स्पेस’ पाउने प्रवल सम्भावना रहेपनि यसका लागि प्रयास भने गर्नुपर्ने उनको भनाइ छ । हिमानी शाह आफै सक्रिय भएर जनतामाझ गए छिटो भन्दा छिटो यो काम पूरा हुने उनको दावी छ ।
">
उनी भन्छन्, ‘ नेपालमा निकै सम्मान गर्न लायक नारी हुन हिमानी शाह । उनको राजमाता हुने योग छ । यसका लागि उनी कुनै न कुनै रुपमा जनतासामु जानुपर्ने हुन्छ । राजनीतिक दल खोलेर चुनाव लडे पनि त्यो नेपाल र नेपालीका पक्षमा हुनेछ । राजसंस्थाको परम्परा अघि बढ्ने छ । ’
‘हिमानी पुत्र हृदयन्द्रको राजयोग छ । उनको राजा बन्ने सम्भावना प्रबल छ । उनको कुण्डलीमा नेपालका लागि ठूलो योगदान गर्ने प्रष्टरुपमा देखिन्छ । यसका लागि उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले सहयोग गर्नुपर्छ । ज्ञानेन्द्र आफै सक्रिय भएर राजा बन्नतर्फ लागे झन ठूलो नोक्शान हुनेछ । उनले अभिभावकत्व ग्रहण गर्दै नातीलाई अघि बढाए उनको पनि छवि सुधारिने र राजसंस्था पनि पुनस्र्र्थापित हुने छ । ’ अधिकारी बताउँछन् ।
ज्योतिष अधिकारीका अनुसार भारतीय जनता पार्टी (भाजपा) ले अब चाँडै आफनो मुलुकलाई हिन्दू राष्ट्र बनाउन पहल थाल्ने छ । भाजपाको पहलमा भारतमा धर्मनिरपेक्षता हट्ने छ । त्यो बेला केही खैलाबेला र तनावको अवस्था पनि उत्पन्न हुने देखिन्छ ।
त्यहीबेला नेपालमा पनि हिन्दू राष्ट्र पुनस्र्थापनाको पहल अघि बढ्नेछ । नेपालका राजनीतिक दलहरु भारतको प्रभावसंगै आफनै मुलुक भित्रको दवाव झेल्न नसकेर संविधान संशोधन गर्न वाध्य हुनेछन् । मुलुक हिन्दु राष्ट्र घोषणा हुनेछ । यसको सुरुवात आउँदो असारबाट सुरु हुनेछ ।
आउँदो असार महिनाबाट मुलुकका शक्तिशाली व्यक्तिहरु जेल जान सुरु हुनेछ । पूर्व प्रधानमन्त्रीसहित सरकारका मन्त्री र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति जेल जाने निश्चित भएको अधिकारी बताउँछन् ।
‘जेल जानेहरुको अहिले सूची बन्दैछ, लेखेर राख्नुस, जेल जाने अधिकांशहरुलाई भ्रष्टाचारको मुद्दा लाग्नेछ । ’ अधिकारीले दावीकासाथ भने ।
जर्मनी, बंगलादेश तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा रही कुटनीतिक जिम्मेवारीसमेत सम्हालेको अनुभव रहेका ज्योतिष अधिकारीले नेपाल र भारतमा कांग्रेस पार्टी अब नाममा मात्र सिमित भएको तर्क गरे ।
उनले भने, ‘ भारतीय राजनीतिबाट त गान्धी परिवार समाप्त नै भयो, अब कहिल्यै उठन सक्दैन । नेपालमा पनि कांग्रेस समाप्तीतर्फ गयो । जहाँसम्म नेपालको नेकपा पार्टी छ, यो आउँदो चुनावसम्म त जसोतसो रहन्छ, तर आन्तरिक विग्रह भने चरम अवस्थामा पुग्नेछ । ’