खेल

उत्कृष्ट लयमा अष्ट्रेलिया, वेस्ट इन्डिजपछि इंग्ल्याण्डलाई पनि हरायो

उत्कृष्ट लयमा अष्ट्रेलिया, वेस्ट इन्डिजपछि इंग्ल्याण्डलाई पनि हरायो

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट अघि इंग्ल्याण्ड विरुद्धको पहिलो अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ । शनिबार राति साउथ ह्याम्टनमा भएको खेलमा इंग्ल्याण्डलाई १२ रनले हराउँदै अष्ट्रेलिया विजयी भएको हो । अष्ट्रेलियाले दिएको २९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि जेम्स विन्सले ६४, कप्तान जोस बटलरले ५२, क्रिस ओक्सले ४०, जोसन रोयले ३२, मोइन अलिले २२, बेन स्टोक्सले २०, लायम प्लेङकटले १९ र जोनि बेयरिस्टोले १२ रन बनाए । बलिङमा अष्ट्रेलियाका जसन फहनड्रफ, केन रिचर्डसनले २–२, मार्कस स्टोइननिस, एडम जाम्पा, नाथन लायन र नाथन कल्टर नाइलले एकएक विकेट लिए । 

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट विकेट गुमाउँदै २९७ रन बनायो । उसका लागि स्टिभ स्मिथले शतक बनाए । उनले ३ छक्का र ८ चौकाको मद्दतमा १०२ बलमा ११६ रन जोडे । यस्तै डेविड वार्नरले ४३, शन मार्स, एलेक्स केरीले ३०–३०, उश्मान ख्वाजाले ३१, कप्तान आरोन फिन्चले १४ र मार्कस स्टोइनिसले १३ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका लियाम प्लन्केटले ४, लियाम डसन, मार्क उड र टम करनले एक–एक विकेट लिए ।

 

विश्वकप क्रिकेट अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड

विशेष