खेल

प्रधानमन्त्री कपमा आज आर्मी र प्रदेश १ खेल्दै

प्रधानमन्त्री कपमा आज आर्मी र प्रदेश १ खेल्दै

काठमाडौं । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज त्रिभुन आर्मी क्लब र प्रदेश नम्बर १ भिड्दै छन् । खेल बिहान ९ः१५ बजेदेखि शुरु हुँदैछ । आर्मी दोस्रो र प्रदेश १ पहिलो खेल खेल्न लागेको हो ।

 

आर्मीमा बिनोद भण्डारी (कप्तान), राजु रिजाल, सोमपाल कामी, करण केसी, रोहित पौडेल, शुसन भारी, हरिबहादुर चौहान, कुशल मल्ल, जितेन्द्र मुखिया, शाहव आलम, भिम सार्कीलगायत खेलाडी छन् । यता प्रदेश १ मा पुष्प थापा (कप्तान), सिद्धान्त लोहनी, कमल खत्री राजन मगर, फिर्दोश अन्सारीलगायत छन् । 

 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप आर्मी भर्सेस प्रदेश १

विशेष