खेल

प्रधानमन्त्री कपमा आज दुई खेल, को–कोबीच हुँदैछ भिडन्त?

प्रधानमन्त्री कपमा आज दुई खेल, को–कोबीच हुँदैछ भिडन्त?

काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सशस्त्र प्रहरी बल क्लब (एपीएफ) र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ । खेल बिहान ९ः१५ बजेदेखि शुरु हुँदैछ ।

 

एपीएफमा पृथु बाँस्कोटा र सुदूरपश्चिममा शेर मल्ल कप्तान छन् । यस्तै, आजै हुने दोस्रो खेलमा प्रदेश ३ र प्रदेश ५ खेल्दै छन् । यी दुई टोलीबीचको खेल पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा शुरु हुँदैछ । प्रदेश ३ लाई पारस खड्का र प्रदेश ५ लाई कृष्ण कार्कीले नेतृत्व गरेका छन् । 

 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको उपाधि जित्नेले २० लाख र उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप एपीएफ भर्सेस सुदूरपश्चिम प्रदेश ५ भर्सेस प्रदेश ३

विशेष