मुख्य समाचार

कुनै बेला आफैं सुकुम्बासी थिए पौडेल, अहिले सुकुम्बासीलाई लालपुर्जा बाँड्ने हैसियतमा पुगे 

कुनै बेला आफैं सुकुम्बासी थिए पौडेल, अहिले सुकुम्बासीलाई लालपुर्जा बाँड्ने हैसियतमा पुगे 

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल आइतबार बुटवलमा आयोजित सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सरिक भए । उनले भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री पद्मा अर्यालसँगै उनले लालपुर्जा वितरण गरे । 

 

रोचक त के छ भने २०५१ सालमा महासचिव पौडेल पनि  बुटवलमा सुकुम्बासी नै थिए । भलै अहिले उनको काठमाडौंमा आलिसान बंगला छ । ५१ सालमै पौडेलकी पत्नीको नाममा रामापुर वा भुताहामा १५ कठ्ठा जमिन थियो । तर उनले बुटवलको दीपनगरमा आफू सुकुम्बासी हुँ भनेर छोराको नाममा जग्गा हात पारेका थिए । 

 

कुनै बेला ‘आफै सुकुम्बासी हुँ’ भनेर सरकारी जग्गा हात पार्ने विष्ण्ु पौडेल अहिले अरु वास्तविक सुकुम्बासीलाई लालपूर्जा बाँड्ने स्थानमा पुगेका छन् । कक्षा १० सम्म पनि अध्ययन नभएका भनेर चिनिने पौडेल लामो समयदेखि राजनीतिमा छन् । उनको कमाईको राम्रो स्रोत छैन । तर पनि उनको काठमाडौंमा रहेको आलिसान महल तस्बीरमा हेर्न सकिन्छ । 

पौडेलले सरकारी, ऐलानी पर्ति जमिनमा आँखा लगाइहाल्ने व्यक्ति हुन् भनेर ठोकुवा गर्न त सकिदैन तर ललितानिवासको १० आना जमिन पनि उनले छोराका नाममा पास गराइदिए । भूमाफियाहरुसँगको मिलेमतोमा विष्णु पौडेलले ललितानिवासको जमिन हात पारेको भन्नेहरु धेरै छन् । 

 

उहिल्यै सुवर्ण शमशेरका छोराहरुलाई सरकारले मुआब्जा दिएर लिएको लिलतानिवासको जमिन भूमाफिया, तत्कालीन नेकपा एमालेका नेता, सरकार, कर्मचारी आदिको मिलेमतोमा फेरि सुवर्णकै सन्तानको नाममा पास गरिएको थियो । सरकारी जमिन आफ्नो नाममा परेपछि राणाहरुले पोल खुल्ने डरले रातारात अरुलाई बेचिदिए । 

 

त्यसरी जमिन हडप्ने प्रपञ्चमा सहयोग गरेबापत महासचिव पौडेललाई भूमाफियाले बक्सिस स्वरुप १० आना जमिन दिएको बताउने गरिन्छ । 
 

विशेष