बालबालिकाका हातमा मोबाइल दिने अभिभावकलाई डब्लुएचओको यस्तो चेतावनी

एजेन्सी । अहिले इलेक्ट्रोनिक्स डिभाइलहरू जीवनशैलीको अभिन्न अंग जस्तै भएका छन् । यस्ता डिभाइस बालबालिका हुन् वा अभिभावक दुवैको जिन्दगीको एक भाग भएका छन् ।
बालबालिकालाई व्यस्त राख्नका लागि अभिभावकले उनीहरूका हातमा मोबाइल दिन वा टेलिभिजन स्क्रिनको अगाडि छोडिदिने गर्दछन् । यस्तो अवस्थामा कतिपय अभिभाकले उनीहरूका बालबालिकाले मोबाइलमा के हेरिरहेका छन् र कति समयदेखि स्क्रिनमा हेरिरहेका छन् भन्ने पनि ध्यान दिँदैनन् ।
बालबालिका धेरैभन्दा धेरै घरको हाताभित्र इलेक्ट्रोनिक्स डिभाइससँग बिताउँछन् । यसको प्रभाव लामो समयपछि मात्रै देखिने विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । यस्तो गर्ने अभिभावकलाई डब्लुएचओले एक रिपोर्टमा बालबालिकाको स्क्रिन गाइडलाइन जारी गर्दै सचेत गराएको छ ।
रिपोर्टमा डब्लुएचओले पाँच वर्षभन्दा कम उमेरका बालिबालिकाका लागि स्क्रिन टाइम निर्धारण गरेको छ। अहिलेसम्म बालबालिका स्क्रिनको सामू धेरै बस्दा उनीहरूको आँखा खराब हुन्छ भन्ने बताइन्थ्यो तर डब्लुएचओको रिपोर्टले त्योभन्दा बढी खतारा हुने देखाएको छ ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिले धेरै मोबाइल लगायतका डिभाइस चलाउँदा शारीरिक र मानसिक दुवै विकासमा सिधा असर पर्छ। यो रिपोर्टका माध्यमबाट डब्लुएचओले अभिभावकलाई मोबाइल फोन, टलिभिजन स्क्रिन, ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरणबाट बालबालिकालाई टाढा राख्न सल्लाह दिएको छ।
यस्तो छ गाइडलाइन :
एक वर्षभन्दा कम उमेर :
एक वर्षभन्दा कम उमेरका बालिबालिकालाई शून्य स्क्रिन टाइम निर्धाण गरिएको छ। अर्थात् यस उमेरका बालबालिकालाई स्क्रिनको अगाडि राख्नु नै हुँदैन। यसबाहेक उनीहरूलाई आधा घण्टा जति पेटलाई बल पर्ने गरी सुताउनु पर्छ। भुइँमा विभिन्न प्रकारका खेलाउन राखिदिनु पनि बच्चाको विकासमा राम्रो प्रभाव पार्दछ।
एकदेखि दुई वर्षसम्म
एकदेखि दुई वर्षसम्मका बालबालिका लागि १ घण्टा भन्दा कम स्क्रिन टाइम छुट्याइएको छ। योभन्दा धेरै समय स्क्रिन अगाडि बस्दा उनीहरूको शारीरिक तथा मानसिक क्षमतामा असर गर्न सक्ने भन्दै डब्लु एचओले सचेत गराएको छ।
यसका साथै उनीहरुलाई तीन घण्टासम्म फिजिकल एक्टिभिटी गराउन पनि सल्लाह दिइएको छ। यो उमेरमा उनीहरूलाई कथाकहानी सुनाउँदा उनीहरूको मानसिक विकासमा सहयोग पुग्ने डब्लुएचओको सुझाव छ।
तीनदेखि चार वर्षसम्म
३ देखि ४ वर्षसम्मका बालबालिका लागि पनि १ घण्टा स्क्रिन टाइम निर्धाण गरिएको छ। यस उमेरका बच्चाहरूलाई २ देखि ३ वर्षसम्मका बच्चाहरूभन्दा धेरै फिजिकल एक्टिभिटी चाहिने डब्लुएचओले सुझाएको छ।
मोबाइल डब्लुएचओ