अर्थ मुख्य समाचार

अब प्रधानमन्त्री–मुख्यमन्त्रीको भिडियो कन्फरेन्स

अब प्रधानमन्त्री–मुख्यमन्त्रीको भिडियो कन्फरेन्स

मन्त्रिपरिषद् बैठक पेपरलेस बनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भिडियो कन्फरेन्स प्रविधि ल्याएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले अब ७ वटै प्रदेशका मुख्यमन्त्रीसंग भिडियोमार्फत बैठक गर्नु हुनेछ । विकास आयोजनाको अनुगमन र समस्या समाधानको तत्काल समाधान खोज्न एक्सन रुम सञ्चालनमा ल्याइएको हो । 


प्रधानमन्त्री ओली र सबै प्रदेशका मुख्यमन्त्रीसंग प्रत्यक्ष भिडियो कन्फरेन्स गरेर यसको विधिवत शुभारम्भ गरिएको छ । अब सानो बैठकका लागि मुख्यमन्त्री काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ । 


सुशासन र विकासमा यो प्रविधि फलदायी हुने विश्वास प्रधानमन्त्री कार्यालयले लिएको छ । 
 

प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री–मुख्यमन्त्री

विशेष