देश

 काठमाडौ उपत्यकासहित देशभर पानी

 काठमाडौ उपत्यकासहित देशभर पानी

काठमाडौंमा उपत्यकामा हावासहितको वर्षा भइरहेको छ । यो वर्षा काठमाडौं उपत्यका र देशका अधिकांश भूभागमा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले पानी परेको मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार तत्काललाई भारी वर्षा भने छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीको भनाई छ । 


उनका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ ९ भारतको भू–भागमा ० जाँदा वर्षा कम भई घाम लाग्ने हुन्छ । राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


विहिवार पनि देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्यपहाडी भू–भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको बताइएको छ ।


महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ७ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।


 

पानी मौसमविद्

विशेष