बजेटः मूलपानी क्रिकेट मैदानका लागि १० करोड
काठमाडौं । सरकारले मूलपानीमा निर्माण गरिने भनिएको क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् ।
क्रिकेटको विकासका लागि क्रिकेट एकाडेमी पनि बन्ने भएको छ । खेल क्षेत्रका लागि सरकारले ३ अर्ब ९९ करोड छुट्टयाएको छ ।