बजेटः स्वास्थ्यलाई हानी हुने वस्तुमा कर बढ्यो, अरुमा लगभग उस्तै
काठमाडौं । सरकारले स्वास्थ्यलाई हानी गर्ने रक्सी चुरोटमा कर बढाउने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा करका वृद्धिको आँकडा भने प्रस्तुत गरेनन् ।
सरकारले यसवर्ष १५ खर्ब ३२ अर्ब ७६ करोड ३१ लख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।