खेल

लयमा फर्कियो वेस्ट इन्डिज, न्यूजिल्याण्डविरुद्ध ९१ रनले विजयी

लयमा फर्कियो वेस्ट इन्डिज, न्यूजिल्याण्डविरुद्ध ९१ रनले विजयी

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि वेस्ट इन्डिज विरुद्धको अभ्यास खेलमा न्यूजिल्याण्ड ९१ रनले पराजित भएको छ । ४२२ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३३० रनमै समेटियो ।

 

उसका लागि टम ब्लन्डेलले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ५ छक्का र ८ चौकाको मद्दतमा ८९ बलमा १०६ रन बनाए । यस्तै, कप्तान केन विलियम्सनले ८५, इश सोधीले ३९, कोलिन डी ग्राण्डहोमले २३, जेम्स नीशमले २०, मिचेल सान्टनरले १९, हेनरी निकोलसले १५, मार्टिन गुप्टिलले ५, रस टेलरले २, म्याट हेनरीले १ र लकी फग्र्युसनले अविजीत २ रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका कार्लोस वर्थवेटले ३, फविएन एलिनले २, सिल्डन कर्टेल, किमर रोच, ओशन थोमस र एलशे नर्शलेले एकएक विकेट लिए । 

 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाएर ४२१ रन बनायो । उसका लागि साई होपले ४ छक्का र ९ चौकाको मद्दतमा ८६ बलमा १०१ रन बनाए । यस्तै आन्द्रे रसेलले ५४, इभन लुईसले ५०, कप्तान जोसन होल्डरले ४७, क्रिस गेलले ३६, शिमरोन हिटमायरले २७, ड्यान ब्रोवोले २५, कार्लोश ब्रेथवेटले २४, एश्ले नर्सले २१ र निकोलस पुरनले ९ रनको योगदान दिए ।

 

बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४, म्याट हेनरीले २, जेम्स नीशम र मिचेल सेट्नरले एक–एक विकेट लिए । यो संस्करणको विश्वकप भोलि (बिहीबार) देखि इंग्ल्याण्डमा शुरु हुँदैछ । उद्घाटन खेलमा दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै छन् । 

अभ्यास खेल वेस्ट इन्डिज भर्सेस न्यूजिल्याण्ड

विशेष