Breaking News मुख्य समाचार नेपाल आज विशेष भिडियो

बजेटबारे सर्वसाधारण : बुढाबुढी खुशी, जागिरेलाई मुल्यवृद्धिको तनाव 

बजेटबारे सर्वसाधारण : बुढाबुढी खुशी, जागिरेलाई मुल्यवृद्धिको तनाव 

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६र०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटबारे नेपाल आजले सर्वसाधारणको मनसाय बुझ्ने कोशिश गरेको छ ।

सांसद्, सरकारी कर्मचारी, वृद्धवृद्धालाई बजेटले खुशी दिएको छ । कर्मचारीमा राजपत्र अनंकित कर्मचारीलाई २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको छ । यसबाट निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन ।

त्यस्तै बजेटले सांसदलाई दिँदै आएको निर्वाचन क्षेत्र कार्यक्रमको बजेटमा २ करोड वृद्धि गरेको छ । यसअघि ४ करोड रूपैयाँ दिँदै आएकोमा आगामी बर्षबाट ६ करोड रूपैयाँ पु-याइएको छ ।

अर्कोतर्फ वृद्ध भत्ता ३ हजार पु-याइएको छ । एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । बजेटले दैनिक प्रयोग हुने दूध, चिनीमा करवृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा पनि कर बढाएको छ भने  राजश्व संकलनको लक्ष्य समेत १ खर्ब बढाइएको छ ।

यसैले पनि मुल्यवृद्धि बढने सर्वसाधारण तथा विज्ञहरुको तर्क छ । यसै सन्दर्भमा नेपाल आजले विहिबार सर्वसाधारणसँग प्रतिक्रिया लिएको छ ।

हामीले सोधेका थियौँ– तपाईँलाई बजेट कस्तो लाग्यो ? प्रतिक्रिया दिने क्रममा कसैले बजेट वितरणमुखी भएको भन्दै कार्यान्वयनमा शंका व्यक्त गरे भने कतिपयले बजेटले आफूहरुलाई कहिल्यै समेट्न नसकेको गुनासो गरे । हेरौँ सर्वसाधारणको प्रतिक्रिया जस्ताको तस्तै :

">

बजेट सर्वसाधारण

विशेष