खेल

राष्ट्रिय फुटबल टोलीको बिदाई, विमल र भरत परेनन् 

राष्ट्रिय फुटबल टोलीको बिदाई, विमल र भरत परेनन् 


काठमाडौँ । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । 
अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरमा बिहिबार नेपाली टोलीको विदाई गरेको हो । नेपालले यहि जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ ।

विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गर्नेछन् । नेपाली टोली मुख्य दुई स्ट्राइकरबिना मैदान उत्रनेछन् । मुख्य प्रशिक्षक योहान कालिनले दुई खेलका लागि दुई फरवार्ड विमल घर्ती मगर र भरत खवासलाई टिममा राखेका छैनन् ।

फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो । यस्तै भरत चोटका कारण टिमबाहिर परेका हुन्  । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले नेपालको प्रतिष्ठालाई आत्मसाथ गर्दै खेल प्रस्तुत गर्न आग्रह गर्नुभयो । 


नेपाली टोलीमा गोलकिपर किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने , डिफेन्डरहरु विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी,  रबि सिलवाल  रहेका छन् । त्यस्तै मिडफिल्डर रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ छन् भने फरवार्ड अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना,  नवयुग श्रेष्ठ छन् ।

तस्वीर : एन्फा 

विशेष