आर्सनललाई हराउँदै चेल्सीले जित्यो युरोपा लिगको उपाधि
काठमाडौं । इडेन हजार्डले २ गोल गरेपछि चेल्सीले आर्सनललाई हराउँदै युरोपा लिग जितेको छ । बुधबार भएको फाइनल खेलमा चेल्सीले आर्सनलाई ४–१ गोले हराउँदै उपाधि जितेको हो । व्यवस्थापक मउरिजो सारीले प्रशिक्षकका रूपमा उपाधि जितेको यो पहिलो पल्ट हो ।
अरजबैजानको राजधानी बाकुमा खेल रातिको ११ बजे सुरु भएको थियो । ओलिभर जिरोडले ४९ औं मिनेटमा आफ्नो पूर्व क्लबका लागि गोल गर्दै चेल्सीको गोलको खाता खोले । पेड्रो रोडरिग्वेजले दोस्रो गोल थपेयता हेजार्डले दुई गोल गरे ।
आर्सनलका तर्फबाट एलेक्स इवाबीले एक गोल फर्काए । चेल्सीले युरोपा लिग जितको यो दोस्रो पल्ट हो । लिगमा तेस्रो भएर चेल्सी यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ । हारले आर्सनलको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना भने तुहिएको छ ।
चेल्सी इडेन हजार्ड चेल्सी भर्सेस आर्सनल